मंगलबार, भदौ १०, २०८२

मार्क्यु: नेपालकै पहिलो अन्तराष्ट्रिय बाइक राइड

 |  सोमबार, जेठ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

vianetvianet

काठमाडौं- परोपकार, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सक्रिय रहने एओजी ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउन सफल बनेको छ।

Kumaribank

‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टिभिएसको फ्याक्ट्री सम्म पुग्‍ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरुको सहभागिता रहेको थियो। राइडमा सहभागी हुने राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यबाट सक्रिय युवाहरु थिए भने राइडका लागि टिभिएस अपाचे सिरिजका १६०, २०० र ३१० सिसिका मोटरसाइकको प्रयोग गरिएको थियो।

फागुन ११ गतेबाट सुरु भएको उक्त अपाचे ओनरस् ग्रुप एओजीको माक्र्यु राइडमा नेपाल लगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरु सहभागीता जनाएका थिए। फागुन ११ गते काठमाडौं बाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टिभिएसको फ्याक्ट्री को पनि भ्रमण गर्ने पनि मौका पाए।

 

प्रकाशित: Jun 05, 2023| 17:34 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार