आइतबार, असार २८, २०८३

मध्य बानेश्वरमा सामसङको नयाँ सर्भिस सेन्टर

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

सामसङले मध्य बानेश्वरमा नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ।

सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइ एम एसका सेल्स हेड कैलाश अइयरले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

उक्त बानेश्वरको २१ औँ सर्भिस सेन्टरबाट पनि आफ्नो ग्राहकहरूलाई भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने कम्पनीको विश्वास छ। यस्तै नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जानाएको छ।

कम्पनीको २१औँ सर्भिस सेन्टरे काठमाडौँ उपत्यका भित्र ५ ओटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा रहेको छ।

 

प्रकाशित: Jun 05, 2023| 17:31 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्