मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीति निर्माणको अन्तिम तयारी, राष्ट्र बैंकले माग्यो सरोकारवालासँग सुझाव

मौद्रिक नीति निर्माणको अन्तिम तयारी, राष्ट्र बैंकले माग्यो सरोकारवालासँग सुझाव

राष्ट्र बैंकलाई बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या, ब्याजदर, तरलता, अन्य बैंकिङ समस्या, मूल्य वृद्धिलगायतबारे सुझाव दिन सकिनेछ।
 |  सोमबार, जेठ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

vianetvianet

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक २०८०/८१ को मौद्रिक नीति निर्माणको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ। राष्ट्र बैंकले आगामी मौद्रिक नीतिबारे सर्वसाधारण तथा सरोकारवालासँग सुझाव मागेको छ।

Kumaribank

राष्ट्र बैंकले इमेलमार्फत सरोकारवालाले आगामी मौद्रिक नीतिबारे सुझाव दिन सकिने बताएको छ। १० असारभित्र आगामी मौद्रिक नीति वरपर रहेर सरोकारवालाले सुझाव दिन सक्नेछन्। 

राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गर्न सरोकारवाला तथा सर्वसाधारणसँग सुझाव मागेको हो। इमेल गरेर आफ्ना सुझाव तथा समस्या राख्न सकिनेछ।

राष्ट्र बैंकलाई बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या, ब्याज दर, तरलता, अन्य बैंकिङ समस्या, मूल्य वृद्धिलगायत बारे सुझाव दिन सकिनेछ।

प्रकाशित: Jun 05, 2023| 15:49 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार