आइतबार, असार २८, २०८३

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- सोमबार सेयर बजार परिसूचक नेप्से १७.३८ अंक घटेर १९०१ कायम भएको छ। परिसूचक घट्दा कारोबार रकम भने बढेको छ। आइतबार १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ९७ करोडको कारोबार भएको हो।

१६६ कम्पनीको मूल्य घट्दा ४६ कम्पनीको बढ्यो भने ८ को स्थिर रहृयो। बजारका सबै उपसमूह घटेका छन्। बैंकिङ ९, विकास बैंक ५०, फाइनान्स १७, होटल तथा पर्यटन ३२, जलविद्युत ११, जीवन बीमा १२४, उत्पादन १२१, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५७, अन्य २० र ब्यापार उपसमूह ३६ अंकले घटेको हो।

रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढ्यो। गोर्खा फाइनान्सको ५ तथा बीपीडब्लू लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो। शिवम् सिमेन्टको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशत घट्यो। जोशी हाइड्रोको ४.३ तथा मेरो माइक्रोफाइनान्सको ४.३ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, आइएमई जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, सानिमा माइ हाइड्रो र सोल्टी होटल क्रमशः अगाडि रहे।

 

प्रकाशित: Jun 05, 2023| 15:18 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्