शुक्रबार, जेठ १, २०८३

विश्व वातावरण दिवसमा बीवाइडीले रोप्यो १५ सय बिरुवा

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले काठमाडौंको गोठाटारमा रहेको ‘लभ पार्क’मा १५ सय बिरुवा रोपेको छ। विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण गरेको कम्पनीले विभिन्न किसिमका उपयोगी बिरुपा रोपेको हो।

National life

उक्त वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिको रुपमा वन तथा वातावरण मन्त्री वीरेन्द्र कुमार महतो तथा बीवाइडीका ब्राण्ड एम्बेस्डर तथा कलाकार हरिव‌ंश आचार्य लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा ‘कुल द अर्थ, वाई वान डिग्री’ स्लोनगनका साथ रुख रोप्ने काम सम्पन्न भएको हो।

‘ब्यूलडिङ ड्रिम्स एण्ड फरेट’ नारा दिएर बीवाइडीले कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा बीवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंकका अध्यक्ष, प्रबन्ध निर्देशक, बीवाइडी हेडक्वाटरका प्रतिनिधि, बीवाइडी गाडी चढ्ने ग्राहक, कर्मचारी र पत्रकारहरुको उपस्थिति थियो।

बीवाइडी नेपालमा सन् २०१७ देखि विद्युतीय गाडी बिक्री गर्दै आएको अग्रणी कम्पनी हो। कम्पनीले अहिले बिभिन्न मोडलका विद्युतीय साधन बिक्री गर्दै आएको छ।

प्रकाशित: Jun 05, 2023| 13:50 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्