बिहीबार, कात्तिक २७, २०८२

'जारी' ले ५१ दिनमा कमायो १७ करोड

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

चलचित्र 'जारी'ले प्रदर्शनको ५१ दिन मनाउँदै उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डका अनुसार यस चलचित्रले १६ करोड ७५ लाख ग्रस कमाइ गरेको छ।

National life

यसबाट निर्माताको हातमा करिब ९ करोड पर्ने अनुमान छ। चलचित्रको व्यापार केही दिनमै १७ करोड पुग्ने अपेक्षा निर्माण पक्षको छ। यसले चलचित्र छक्का पञ्जा ४ को व्यापारलाई समेत उछिनेको छ।

गत १ वैशाखमा रिलिज भएको यस चलचित्रले शनिबार काठमाडौंका ११ वटा र मोफसलका १८ वटा गरी २९ वटा हलमा सफल प्रदर्शनको ५१औं दिन मनाएको हो। यस साता कुनै पनि नेपाली चलचित्र रिलिज नभएका कारण अहिले पनि व्यापार राम्रो भएको हलवालाहरूको भनाइ छ। अर्को साताबाट दयाहाङकै चलचित्र नीरफूल रिलिज हुने भएकाले यस साता पनि जारी प्रदर्शन गर्ने हल सञ्चालकले बताएका छन्।

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको यो चलचित्र जापान, हङकङ, बेलायत, अमेरिका, अस्ट्रेलिया जस्ता देशमा पनि प्रदर्शन भइरहेको छ। चलचित्रमा लिम्बु समुदायका छोरीचेलीले पति छाडेर अर्को पतिसँग भाग्दा माइतीले जारी गर्नुपर्ने कथा प्रस्तुत गरिएको छ। सिनेमाको कथा मौलिक र रोचक भएकाले पनि दर्शकलाई आफ्नो चलचित्र मन परेको निर्देशक उपेन्द्र सुब्बाले बताएका छन्।

यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय छ। निर्देशक सुब्बा स्वयंले यो चलत्रिच लेखेका हुन्। चलचित्रको निर्माता भने कबड्डी शृंखलाका निर्देशक रामबाबु गुरुङ हुन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 05, 2023| 08:01 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्