बुधबार, मंसिर २०, २०८०

रेड्मीको बजेट फोन सार्वजनिक

 |  आइतबार, जेठ २१, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

काठमाडौं- साओमीले नेपाली बजारमा रेड्मीको नयाँ स्मार्टफोन रेड्मी नोट १२ फाइभजी सार्वजनिक गरेको छ। फोनमा १२० हर्जको रिफ्रेसरेट सहितको ६.६७ इन्चको एमोलेड डिस्प्ले उपलब्ध गराइएको छ। साथै फोनमा रिडिङ मोड, नेटफ्लिक्स एचडी जस्ता फरक-फरक कुराको लागि फरक-फरक डिस्प्ले मोड पनि उपलब्ध गराइएको छ।

sagarmatha cement

यस्तै फोनमा ३३ वाटको फास्ट चार्जिङ सपोर्ट सहितको ५००० एमएच ब्याट्री छ भने ग्राहकले यो फोन खरिदमा चार्जर नि:शुल्क प्राप्त गर्न सक्नेछन्। फोनमा स्न्यापड्रागनको जेन वान चिपसेट प्रयोग गरिएको  छ। यो फोन एन्ड्रोइड १२ र मीयूआई १४ मा आधारित छ।

फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ।
साथै फोनमा साइड फिङ्गरप्रिन्ट सेन्सर र एआई फेस लक फिचर पनि उपलब्ध गराइएको छ।

नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २९,९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको मूल्य ३१,९९९ रुपैयाँ तोकिएको छ।
ग्राहकका लागि भने यो फोन जुन ११ बाट मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। 

प्रकाशित: Jun 04, 2023| 18:33 आइतबार, जेठ २१, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्