सोमबार, असोज ८, २०८०

रियलमीका दुई नयाँ मोडल बजारमा

 |  आइतबार, जेठ २१, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

काठमाडौं- रियलमीले नयाँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ।

sagarmatha cement

एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु ल्याउँने कम्पनीले जनाएको छ। कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँ पुस्ताको मन जित्ने आशा विश्वास गरेको छ।

लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिष गिरीले रियलमी नार्जो एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा खुशी लागेको बताउँदै नार्जो एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभल अल राउन्डर भएको बताए।

रियलमी नार्जो एन ५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शानदार बनाउने बताइएको छ। यस्तै अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउने गिरीले बताए।

७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल राउन्डर हो। सि –एङल बेजल डिजाइनको साथ आएको यो फोन समाउन र चलाउन अत्यन्तै सहज र हलुका छ।

रियलमीको डाइनामिक र्‍याम एक्स्पान्सन टेक्नोलोजीले फोनमा हुने मेमोरीको समस्यालाई पनि समाधान गरेको छ। ६.७४ इन्चको मिनी ड्रप फुल स्क्रिन र ९०.३ प्रतिशतको स्क्रिन–टु–बडी रेसियो भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदान गर्दछ।

यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडि प्लस रेजोलुसन रहेको छ। जुन यो मुल्यमा उपलब्ध मोडलहरु मध्य सबैभन्दा धेरै हो। यसको ब्राइटनेस ४५० निटसको रहेको छ भने टच स्याम्प्लिङ् रेट १८० हर्ज रहेको छ। ३३ वाटको सुपर भोक चार्जिङ सहित आउने यो फोन यो सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुने क्षमता राख्दछ।

सुपरभोक टेक्नोलोजीले हाइ भोल्टेज लो करेन्ट प्रविधी अपनाएर छिटो भन्दा छिटो चार्ज गर्न सक्छ। यो फोन फुल चार्ज हुन जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्छ। ५ हजार एमएएचको शक्तिशालि ब्याट्रि भएको यो फोनमा चार्जिङ प्रोटेक्सन सिस्टम रहेको हुनाले फोन छिटो पनि र सुरक्षित रुपमा पनि चार्ज हुन्छ। यस फोनमा भएको शक्तिशाली ५० एमपिको एआइ क्यामराले डिटेल्ड र उच्च गुणस्तरका तस्विरहरु खिच्न सक्छ। यसमा नाइट मोड, पोर्टेट मोड, एचडिआर, एआइ सिन रिकग्निसन र बोके इफेक्ट जस्ता मोडहरु रहेका छन्।

रियलमी सि ५५ मा जस्तै यसमा पनि मिनी क्याप्सुल रहेको छ। यो मिनी क्याप्सुल आफै स्क्रिनमा अडप्ट हुन्छ र यसमा ब्याट्रि स्टेटस, डाटा युजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्छ।

यस्तै नार्जो एन ५५ नयाँ पुस्ताको लागि पर्फेक्ट फोन हो। ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपिको एआइ क्यामरा, मिडिया टेक हेलियो जि ८८ चिप सेट र १२ जिबि सम्मको डाइनामिक र्‍याम र ९० हर्जको फुल एचडि प्लस डिस्प्ले जस्ता फिचरहरुले यो फोनलाई यस सेग्मेन्टको अन्य मोडलहरुको तुलनामा एक कदम अगाडि बनाएको छ।

नार्जो एन ५५ मा मिडियाटेक हेलियो जि ८८ चिप सेट रहेको छ जुन यो सेग्मेन्टमा हुने फोनहरुको लागि सबैभन्दा उच्च स्तरको हो। माली जि ५२ जिपियु र १२ एनएमको प्रोसेसिङ टेक्नोलोजी भएको यो चिप सेटले ग्राफिक्स प्रोसेसिङ त असाधारण तरिकाले गर्छ नै साथै मल्टीमिडिया, गेमिङ र मल्टीटास्किङको लागि पनि एकदमै सहज बनाउँछ। यो फोनमा सेन्ट्रल्ली लोकेटेड पन्च होलले गर्दा फुल स्क्रिन लुक र सिमेट्री एकदमै सुन्दर रहेको छ जुन नार्जो डिभाइसमै पहिलो पटक हो।

नार्जो एन ५५ यो सेगमेन्टकै एक मात्र स्मार्टफोन हो जसमा ०.७ म्याक्रोमिटरको बिग पिक्सेल साइज र १\२ इन्चको सेन्सर साइज युक्त ६४ एमपिको क्यामरा रहेको छ। यसमा २ एमपि रेजोलुसन युक्त ब्ल्याक एन्ड व्हाइट लेन्स भएको ८ एमपिको सेल्फी क्यामरा पनि रहेको छ। साथै यसमा बोके फ्लेयर पोर्टेट, एआइ कलर पोर्टेट र स्टारी मोडको साथै प्रो–लाइट इमेजिङ टेक्नोलोजी पनि रहेको छ।

नार्जो एन ५५ सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा ३३ वाटको सुपरभोक चार्जिङ र ५००० एमएएच शक्तिशालि ब्याट्रि रहेको छ। जम्मा २९ मिनेटमै ५० प्रतिशत चार्ज हुने यो फोन फुल चार्ज हुन ६३ मिनेट लाग्छ। इनटेलिजेन्ट फाइभ कोर प्रोटेक्सन सिस्टम भएकोले यो फोन ओभरचार्ज, ओभर भोल्टेज, ओभर करेन्ट, ओभर टेम्पेरचर र एक्स्ट्रिम केस प्रोटेक्सन हुन्छ।

दुबै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ। ४+६४ जीबी स्टोरेज क्षमता भएको नार्जो ५३ मोडलको मूल्य १५ हजार ९९९ र ६+१२८ भेरियन्टको मूल्य १८ हजार ९९९ रहेको छ।

त्यसैगरी ४+६४ जीबी स्टोरेजसहितको नार्जो एन ५५ को मूल्य २० हजार ४९९ र ६+१२८ भेरियन्टको मूल्य २४ हजार ४९९ रहेको छ। नार्जो एन ५५ आकर्षक प्राइम ब्लु र प्राइम ब्ल्याकमा उपलब्ध छ भने एन ५३ फेदर गोल्ड र फेदर ब्ल्याकमा उपलब्ध छ।

 

प्रकाशित: Jun 04, 2023| 18:30 आइतबार, जेठ २१, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्