शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायबल लाइफले गर्‍यो क्रिकेट खेलाडीहरूको म्यादी जीवन बीमा

रिलायबल लाइफले गर्‍यो क्रिकेट खेलाडीहरूको म्यादी जीवन बीमा

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूको बीमा गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले खेलाडीहरूको म्यादी जीवन बीमा गरिदिएको जानकारी दिएका हुन्।

National life

उनका अनुसार कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वका कामहरू समेत गर्दै आएको छ। सोहीअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरूको रिलायबल म्यादी जीवन बीमा गरेको हो।

‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको छ। उक्त बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरूलाई यस किसिमको सहयोगले अझ बढी प्रोत्साहन गर्ने बताए।

 

प्रकाशित: Jun 04, 2023| 18:15 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्