बुधबार, मंसिर २०, २०८०

सेयर बजारमा उच्च अंकको वृद्धि

 |  आइतबार, जेठ २१, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

आर्थिक विधेयकका अस्पष्ट विषयमा लगानीकर्ता र सरकारबीच सहमति भएसँगै सेयरमा बजारमा उच्च अंकको वृद्धि देखिएको छ। आइतबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक बढेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५३.३ अंक बढेको छ।

sagarmatha cement

यो वृद्धिपछि नेप्से १९ सय १९ अंकमा बन्द भएको छ भने १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। २१७ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको मात्र घट्यो। बजारका सबै उपसमूह बढेका छन्। बैंकिङ १७, विकास बैंक ११७, फाइनान्स ५२, होटल तथा पर्यटन २७४, जलविद्युत ९१, जीवन बीमा ३४२, उत्पादन १५७, माइक्रोफाइनान्स ८८, निर्जीवन बीमा ४०७, अन्य ४२ र ब्यापार उपसमूह ८२ अंक बढे।

यसअघि अर्थ मन्त्रालयमा भएको वार्तामा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा ५ वा ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनेगरी सहमति भएको थियो। सहमतिपछि विरोधका कार्यक्रम स्थगित गरिएको सेयर लगानीकर्ता संघले जनाएको छ।

 

प्रकाशित: Jun 04, 2023| 15:18 आइतबार, जेठ २१, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्