मंगलबार, भदौ १०, २०८२

सेयर लगानीकर्ता र सरकारबीच सहमति

 |  आइतबार, जेठ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

vianetvianet

आर्थिक विधेयकमा उल्लेख गरिएका विवादित विषयबारे सेयर लगानीकर्ता र सरकारबीच सहमति भएको छ। अर्थ मन्त्रालयमा भएको वार्तामा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा ५ वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम हुने सहमति भएको हो।

Kumaribank

सहमतिपछि विरोधका सबै कार्यक्रम स्थगित गरिएको सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले जानकारी दिए। सेयर लगानीकर्ताले आयविवरण बुझाई आयकर बुझाउँदा ५० प्रतिशत छुट दिने भन्दै सरकारले विधेयकमा छुट सुविधा उल्लेख गरेपछि लगानीकर्ता सशंकित भएका थिए ।

आर्थिक विधेयकको दफा २९ मा उल्लेख गरिएको धितोपत्र तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्थामा भनिएको छ, ‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिल गर्ने बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ र यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ।’

 

प्रकाशित: Jun 04, 2023| 12:49 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार