आइतबार, असार २८, २०८३

सुनको भाउ तोलामा १७ सय घट्यो

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

काठमाडौं- बजेटयता तीन दिन भाउ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आइतबार भने घटेको छ। गत बुधबारदेखि शुक्रबारसम्म सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको थियो।

बुधबार प्रतितोला १ लाख १२ हजार रुपैयाँ, बिहीबार १ लाख १२ हजार पाँच सय रुपैयाँ र शुक्रबार १ लाख १३ हजार तीन सय रुपैयाँमा सुन कारोबार भएको थियो। सरकारले भन्सार दर बढाएका कारण सुनचाँदीको मूल्य आकाशिएको हो। सोही कारण मंगलबारदेखि शुक्रबारसम्म सुन प्रतितोला पाँच हजार दुई सय रूपैयाँ बढेको हो।

आज आइतबार भने सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
 

प्रकाशित: Jun 04, 2023| 11:26 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्