शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री प्रचण्ड फर्किने समयमा विमानस्थल पुगेर विरोध प्रदर्शन गर्नेहरु पक्राउ

प्रधानमन्त्री प्रचण्ड फर्किने समयमा विमानस्थल पुगेर विरोध प्रदर्शन गर्नेहरु पक्राउ

 |  शनिबार, जेठ २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध विमानस्थल परिसरमै नाराबाजी गर्ने दर्जन बढीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजावादीहरु सहित नेकपा बहुमत, बिप्लव समूहलगायतका कार्यकर्ताहरु रहेका छन्। प्रहरीका अनुसार उनीहरुलाई विमनस्थल भित्र र बाहिरबाट पक्राउ गरिएको हो। 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किने समयमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विरोध गर्नेहरुलाई सुरक्षा कारण भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
उनीहरुले नागरिकता विधेयक खारेज गर्न माग गर्दै प्रचण्डविरुद्ध नाराबाजी गरिरहेका थिए। चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ काठमाडौं ओर्लिएका हुन्।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए।
भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
प्रधानमन्त्रीले भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गरेका थिए।
प्रधानमन्त्री दाहाल आजै इन्दौरबाट नयाँदिल्ली फर्किएका हुन्।
भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन्।

प्रकाशित: Jun 03, 2023| 19:08 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्