मंगलबार, चैत १७, २०८२

बुटवलको दोस्रो जित, पोखरा ३३ रनले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गतको जारी खेलमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई पराजित गरेको छ । 

बुटवलले पोखरालाई ३३ रनले पराजित गरेको हो । यस जितसँगै बुटवलले प्रतियोगितामा लगातार आफ्नो दोस्रो जित निकालेको छ । बुटवलले दिएको १ सय ५१ रनको लक्ष्य पोखराले निर्धारित ओभरमा ९ विकेट गुमाउदै ११७ रन मात्र बनाउन सक्यो । 


पोखराका लागि आसिफ शेखले २० रन जोड्दा कप्तान शरद भेषवाकरले १९ रन बनाए । त्यस्तै रबी इन्दर सिंह र मोहमद नाभिदले समान ११-११ रन जोड्दा राशिद खानले १० रन बनाए । 

पोखरालाई सस्तैमा समेट्न बुटवलका सोमपाल कामी, रोहन मुस्तफा, ललित भण्डारी र विपिन खत्रीले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५० रन बनाएको हो । बुटवलका भिमले ४६ बलमा दुई चौका र तीन छक्ककाको मद्दतमा ५४ रन जोडे । 


त्यस्तै कप्तान सोमपाल कामीले ८ बलमा बिस्फेटक ब्याटिङ गर्दै दुई चौका र एक छक्काको मद्दतमा २२ रन जोडेका थिए । रोहन मुस्तफाले ४५ रन जोडे । उनले ३५ बल खेल्दै तीन चौका र दुई छक्काको मद्दतमा ४५ रन जोडेका थिए । 

सिद्धान्त लोहनिले १३ जोडे । पेखराका लागि मोहमद नाभिदले दुई विकेट लिदाँ, महबुब आलम, ललितराज वंशी, शरद भेसवाकरले समान एक एक विकेट लिएका थिए । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।