आइतबार, असार २८, २०८३

ताहाचल सर्दै वैदेशिक रोजगार विभाग

२१ जेठदेखि आंशिक र १ असारदेखि पूर्ण रूपमा ताहाचलबाट सेवा प्रवाह गरिने विभागले बताएको छ।
 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

काठमाडौं– बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल सर्ने भएको छ। २१ जेठदेखि आंशिक र १ असारदेखि पूर्ण रूपमा ताहाचलबाट सेवा प्रवाह गरिने विभागले बताएको छ।

ताहाचलमा रहेको श्रम कार्यालय परिसरभित्रैबाट विभागले सेवा दिने सूचनामा उल्लेख छ। हालसम्म विभागले काठमाडांैको बुद्धनगरमा रहेको हिमालयन सीमापार व्यापार भवनको घर भाडामा लिई सेवा दिँदै आएको छ।

तर हालको ठाउँ सेवा प्रवाहका लागि साँघुरो भएकाले समस्या भइरहेको छ। विभागमा दैनिक सयौंको संख्यामा सेवा लिन आउनेले पार्किङ अभावसमेत भोग्दै आएका छन्।

प्रकाशित: Jun 03, 2023| 10:48 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्