सोमबार, असोज ८, २०८०

भारतको ओडिसामा पल्टियो रेल, २८८ को मृत्यु

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिसा राज्यको बालासोरमा हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटनामा परेको हो। 
 |  शनिबार, जेठ २०, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

काठमाडौं–भारतको ओडिसा राज्यमा शुक्रबार राती भएको रेल दुर्घटनामा परेर हालसम्म कम्तीमा २८८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिसा राज्यको बालासोरमा हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटनामा परेको हो।

sagarmatha cement

अर्कोतिरबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो। ओडिसाको बालासोर नजिक भएको रेल दुर्घटनामा परेर ९ सय बढी घाइते भएको त्यहाँस्थित स्थानीय प्रशासनले बताएको छ।

शुक्रबार राती भएको रेल दुर्घटनामा परेका घाइतेको उद्धारका लागि २ सय बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाका प्रमुख सचिव प्रदीप जेनाले बताए।

ओडिसाको यो दुर्घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको भयंकर भएको भारतीय सञ्चार माध्यममा जनाइएको छ। स्थानीय अधिकारीले मृतकको संख्या थप बढ्न सक्ने बताएका छन् ।ओडिसाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै दुर्घटनामा मृत्यु हुनेको संख्याबारे जानकारी दिएका छन्।

भारतका रेलमन्त्री अश्विनी वैष्णव रेल दुर्घटनास्थल पुगेका छन्। उनले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरेका छन्। गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार भारु दिइने भएको छ।

ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले शनिबार एक दिने राज्य–शोकको घोषणा गरेका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि ट्वीटमार्फत रेल दुर्घटनामा परेर निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रकाशित: Jun 03, 2023| 10:41 शनिबार, जेठ २०, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्