शनिबार, असोज १३, २०८०

दक्षिण अफ्रिका रोजगारीमा नठगिन विभागको आग्रह

विभागले आकर्षक सेवा–सुविधासहितको पदमा काम लगाइदिने भन्दै गिरोहले नक्कली वर्क परमिट बनाएर ठगी गरेको भेटिएकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो। 
 |  शुक्रबार, जेठ १९, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ। 

sagarmatha cement

विभागले सूचना प्रकाशित गरी आकर्षक सेवासुविधासहितको पदमा काम लगाइदिने भन्दै  गिरोहले नक्कली वर्क परमिट बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो। 

विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन।’

मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले १५० बढी व्यक्तिबाट लाखौँ रुपैयाँ संकलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यो गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको भेटिएको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए। 

पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिने उनको भनाइ छ। उनका अनुसार दक्षिण अफ्रिकाले दक्ष जनशक्तिका लागि बाहिरी देशबाट श्रमिक ल्याउँदैन।

दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्त २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लैजाने कानुनी व्यवस्था छ। ती पदका लागि जाँदा पनि सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जानुपर्ने हुन्छ। 

कुनै पनि देश जान सम्बन्धित देशको भिसा आवश्यकपर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकालगायतका देशमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि विभागद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती देश हेर्ने विदेशमा रहेको नेपाली नियोगमा सम्पर्क गरी आधिकारिक जानकारी लिन सकिने निर्देशक तथा सूचना अधिकारी सुवेदीले बताए।

प्रकाशित: Jun 02, 2023| 15:55 शुक्रबार, जेठ १९, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

समितिको कार्यक्षेत्रभित्र अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय पर्छन्।
नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने उल्लेख छ।
नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको हो।
राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो।
१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको हो।