बिहीबार, साउन ७, २०८३

क्रिकेट वनले बनाउँदै छ किरा फट्याङ्ग्राबाट चिप्स, ब्रेड र पास्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–विश्वमा जनसंख्या बढ्दो अवस्थामा छ अनि खाद्य सामग्री उत्पादनमा भने दिनप्रतिदिन ह्रास आइरहेको छ । त्यसैले खोज तथा अनुसन्धानकर्ताहरुले वैकल्पिक खानाका लागि विभिन्न परिकार बनाउने तयारी थालेका छन् । यसको पछिल्लो उदाहरण किरा फट्याङ्गाको प्रयोग गरी खाने परिकार चिप्स, ब्रेड र पास्ता बनाउने तयारी । 

भविष्यमा आउने अनिकाल हटाउन क्रिकेट वन नामक एक कम्पनीले यो तयारी थालेको हो । किरा फट्याङ्ग्रा खाने कुरा गर्दा अहिले पनि जो कोहीको आङ सिरिङ हुन्छ धेरै घिनाएर किरा खाने कल्पना पनि गर्दैनन् । तर, भियतनामका ३९ वर्षे नैम डैंगले बढ्दो जनसंख्यालाई ध्यानमा राखी भविष्यमा किरा फट्याङ्रा खाएर बाच्न सकिन्छ भन्ने विषयमा खोज गरेका छन् ।

भविष्यमा आउने अनिकालको लागि किरा खाने र खुवाउने तयारीमा उनले क्रिकेट वन नामक एक कारखाना खोलेका छन् । क्रिकेटमा पाइने प्रोटिनले मानिसहरुको पेट भर्ने सपना उनले बनाएका छ । 

उनी भन्छन, ‘खाद्य र कृषि संस्थानको एक रिर्पोट अनुसार २०५० सम्म दुनिँयाको जनसंख्या साढे ९ अर्व पुग्ने सम्भावना छ । किसानहरु क्रिकेटलाई व्यवस्थित रुपमा पाल्दै आएका छन् र कसावा रुखको पात खुवाउँछन् ।’

कसावा रुख साबुदाना बन्ने रुख हो जसबाट क्रिकेटको  खाना तयार गरिन्छ । कारखानामा मेसिन, रङ्ग र लाइट सबै मिलाएर राखिएको छ । क्रिकेटलाई भुटेर त्यसको पेस्ट बनाइन्छ । र चिप्स, बे्रड र पास्ता बनाइन्छ । 

नैम डैंगका अनुसार, क्रिकेटको उत्पादनलाई बजारमा ल्याउन सकियो भने विश्वमा नै प्रसिद्ध हुने सम्भावना देखिन्छ । बीबीसीको सहयोगमा

क्रिकेट वनले हालै अर्को क्रिकेट कारखाना बनाएको छ । यस कारण यसको क्षमता पनि तीन गुणा वढेको छ र उत्तर अमेरिका, अष्ट्रेलिया र यूरोपमा पनि निर्यात गर्न सकिन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।