शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उपत्यकाबाहिर गुड्ने सवारीसाधनलाई नयाँ बसपार्कबाटै सञ्चालन गर्न ताकेता

उपत्यकाबाहिर गुड्ने सवारीसाधनलाई नयाँ बसपार्कबाटै सञ्चालन गर्न ताकेता

महानगरले काठमाडौंबाट उपत्यकाबाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाटै सञ्चालन गर्न सूचना निकालेको हो।
 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं– काठमाडौं महानगरले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने जनाएको छ।महानगरले सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने बताएको हो।

National life

जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधान गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो। 

काठमाडौं महानगरले आगामी १ असारदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ। ‘काठमाडौंबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँग आग्रह गरिन्छ’, महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ। 

बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ।

धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले बताएको छ।

सूचनाको अटेरी गरे १ असारदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत महानगरको सूचनामा उल्लेख छ।

प्रकाशित: Jun 02, 2023| 13:59 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्