शनिबार, असोज १३, २०८०

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, स्तरोन्नति र कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्न स्थानीयको माग।
 |  शुक्रबार, जेठ १९, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

म्याग्दी– पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेल परेको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ। तर पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा सडक निर्माण रोकिएको छ। 

sagarmatha cement

भौगोलिक रूपमा म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकाका वासिन्दा लाभान्वित हुने र दीर्घकालीन रूपमा राष्ट्रिय महत्त्व राख्ने भए पनि आवश्यक बजेट र पहुँच अभावमा यो सडक ओझेल परिरहेको धवलागिरि पालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।

उनका अनुसार काठमाडौं र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने यो छोटो दूरीको सडक हो। बेनीबाट मुना हँुदै खोरियासम्म ५० किलोमिटर सडकको मार्ग खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको अध्यक्ष पुनले जानकारी दिए।

‘बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ’, उनले भने, ‘पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म ८ किलोमिटर सडकले जोडिन बाँकी छ।’

म्याग्दीको धवलागिरि गाउँपालिका–२ खोरियामा तीन वर्षअघि पुगेको सडक निर्माणको काम पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा रोकिएको छ। १९ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र संघीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरिएको धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले बताइन्।

म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वी रुकुमका जनप्रतिनिधिसँग छलफल र पहल थालेका छन्।

‘भू–वनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने हो’, उपाध्यक्ष पुनले भनिन्, ‘तत्कालीन समयमा केन्द्रीय पहुँच नपुगेकै कारण लोकमार्गबाट म्याग्दीलाई हटाउँदा सिंगो जिल्लालाई नै अन्याय भएको छ।’

बेनी–दरबाङ–धारापानी–ताकम–मुनासम्मको सडक कालोपत्र गर्ने र मुनाबाट जलजला हुँदै ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिइने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए। सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उनको भनाइ छ ।

‘म्याग्दी हुँदै ढोरपाटन पुगेर बुर्तिवाङ हुँदै लुम्बिनी र पोखरा पुग्ने पर्यटनमार्ग पनि बन्ने भएकाले यो सडकलाई प्रदेशको महत्वपूर्ण योजनामा समेट्छौं,’ उनले भने, ‘बेनीबाट दरवाङ हुँदै धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडक कालोपत्रे गर्ने र ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिन्छौं।’

प्रदेश सरकारमार्फत बेनीबाट मङ्गला गाउँपालिका–२ सिमसम्म १२ किलोमिटर ५ सय मिटर सडक कालोपत्र भइसकेको छ। सिमबाट लाम्पाटा ४ किलोमिटर र लाम्पाटा–दरवाङको ८ किलोमिटर सडक कालोपत्र गर्न सञ्चालित योजना निर्माणले तीव्रता पाएको छ। दरवाङबाट धारापानीसम्म सात किलोमिटर सडक ग्राभेल गर्ने योजनाको काम जारी छ।

दरवाङ–मुना जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न १ करोड ६६ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन तयार भएको धवलागिरि गाउँपालिकाले जनाएको छ। २०६४ मा मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक २०७४ देखि स्तरोन्नतिको काम थालिएको थियो।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ। मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रेका लागि बजेट व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ।

प्रकाशित: Jun 02, 2023| 13:31 शुक्रबार, जेठ १९, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

समितिको कार्यक्षेत्रभित्र अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय पर्छन्।
नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने उल्लेख छ।
नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको हो।
राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो।
१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको हो।