शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गोल्छा समूह र इन्डियन आयलबीच लुब्रिकेन्ट उद्योग स्थापना गर्न सम्झौता

गोल्छा समूह र इन्डियन आयलबीच लुब्रिकेन्ट उद्योग स्थापना गर्न सम्झौता

 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले सर्भो लुब्रिकेन्ट उत्पादन गर्ने भएको छ। कम्पनी र इन्डियन आयल माउरिससको संयुक्त लगानीमा अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना हुने भएको छ।

National life

अहिले भारतीय ब्राण्ड सर्भो गोल्छा समूहले बिक्री वितरण गर्दै आएको छ। माउरिसस इन्डियन आयलको पूर्ण स्वामित्वको सहायक कम्पनी हो। संयुक्त लगानीको कम्पनीमा ५०/५० प्रतिशत लगानी हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को भारत भ्रमणको क्रमममा दुई कम्पनीबीच लगानी सम्झौता भएको हो। सुरुवातमा ल्युब ब्लेन्डिङ प्लान्ट स्थापनाका लागि ६० करोड लगानी हुनेछ। त्यहाँबाट सन् २०२४ को अन्त्यसम्ममा सर्भो लुब्रिकेन्ट उत्पादन सुरु हुनेछ। यो कम्पनीले अरु उत्पादनमा समेत हात हाल्ने बताएको छ।

सम्झौता कार्यक्रममा ग्रुपका प्रवन्ध निर्देशक शेखर गोल्छाले भारतको सबैभन्दा ठुलो कम्पनीसँगको सहयात्रा अघि बढेको बताउँदै भविष्यमा थप उद्योग स्थापना गर्ने वृहत योजना रहेको जानकारी दिए। उनले इन्डियन आयलसँगको सहकार्यले नेपालको औद्योगिक क्षेत्रमा ल्याउने परिवर्तनलाई लिएर उत्साहित भएको समेत बताए।

यो साझेदारी क्षेत्रीय आर्थिक वृद्धिलाई बढावा दिन, आत्मनिर्भरता प्रवर्द्धन गर्न र लुब्रिकेन्ट उद्योगमा प्राविधिक विकासलाई अगाडि बढाउन केन्द्रित रहेको उनले बताए। ‘मेड इन नेपाल’को परिकल्पनालाई साकार पार्न ल्युब ब्लेन्डिङ प्लान्टको स्थापना कोसेढुंङा बन्ने गोल्छाको भनाइ छ।

प्रकाशित: Jun 02, 2023| 11:17 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्