मंगलबार, भदौ १०, २०८२

फोनपे र लंका पेबीच सम्झौता

 |  शुक्रबार, जेठ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

vianetvianet

फोनपेले श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापेसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। सम्झौतापछि दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूले निर्वाध रूपमा बैंकिङ कारोबार गर्न सम्भव हुनेछ।

Kumaribank

फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिवसकुमार सापकोटा र लंकापेका सीइओ चन्ना डि सिल्भाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरि प्रमुख श्रीमती निलुषा दिलमिनीको उपस्थिति थियो। यस्तै, एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजि डिरेक्टर डेनियल डि श्रेष्ठ र फोनपेका अध्यक्ष विश्वास ढकाल सहभागी थिए।

यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि अत्यन्त प्रभावकारी हुने बताइएको छ। श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेको मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टका क्यूआरमार्फत भुक्तानी गर्न सक्ने फोनपेले जनाएको छ।

त्यसैगरी, श्रीलंका जाने नेपालीहरुले पनि फोनपे चल्ने मोबाइल एप प्रयोग गरी क्यूआरमार्फत नै भुक्तानी गर्न सक्ने छन्। यसपछि फोनपे वा लंकापेमध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनकरुपमा क्रसबोर्डर भुक्तानी गर्न सक्ने फोनले जनाएको छ।

‘यो सहकार्य भनेको नयाँ अवसरहरू विस्तार गर्न, वित्तीय समावेशीकरण बढाउन र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। यो सहकार्यले, नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नको लागि मद्दत पुर्‍याउने छ,’ फोनपेका सीइओ सापकोटाले भने, ‘यो साझेदारी हाम्रो लागि निकै महत्त्वपूर्ण छ। हामीले नेपालमा मात्र नभई हाम्रो सबैभन्दा नजिकको दक्षिण एसियाली देश श्रीलंकामा पनि क्रसबोर्डर डिजिटल भुक्तानीलाई छिटो, सुरक्षित र सजिलो बनाउन मद्दत गर्नेछौं।’

Metro Mart

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै लंकापेका प्रमुख कार्यकारी अधिकृत चन्ना डि सिल्भाले भने- ‘हामी फोनपेसँग अन्तरआबद्धताको यो यात्रा सुरु गर्न पाउँदा हर्षित छौं। यो साझेदारी श्रीलंकामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्त्वपूर्ण कोसेढुंगा सावित भएको छ। यो रणनीतिक साझेदारीले हाम्रा ग्राहकहरूको लागि सहज र समावेशी भुक्तानीको वातावरण सृजना गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिविम्बित गर्छ। हाम्रा सम्बन्धित प्लेटफर्महरूबीचको दुरी घटाई, हामी नयाँ सम्भावनाहरू खोल्दैछौं जसले व्यक्ति र व्यवसायहरूलाई सहज रूपमा भुक्तानी कारोबार गर्ने वातावरण बनाउँछ।’

त्यसैगरी, फोनपेको ग्रुप स्ट्राटेजी डिरेक्टर श्रेष्ठले श्रीलंकाको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कसँगको समझदारीले बैंक तथा वित्तीय संस्थाहरूसँग संयुक्त रूपमा नेपालमा हासिल गरेका सफलताहरूलाई अन्तर्राष्ट्रिय बजारमा पनि दोहोर्‍याउने आफूहरुले दीर्घकालीन रणनीतिको हिस्सा भएको बताए।

यस्तै, फोनपेका अध्यक्ष विश्वास ढकालले यो सम्झौता फोनपेका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि डिजिटल भुक्तानी क्षेत्रमा अन्तरआबद्धता हासिल गर्ने ऐतिहासिक कदम भएको प्रतिक्रिया दिए। उनले लंकापेसँग सहकार्यको प्रयासलाई मूर्तरूप दिन सहयोग र मार्गनिर्देशन गर्ने सरकार, नेपाल राष्ट्र बैंकलाई कृतज्ञता ज्ञापन गरेका छन्।

उनले श्रीलंका नेपालबीचको भुक्तानी अन्तरआबद्धताले उहिलेसम्म दुईदेशबीच रहँदै आएको साँस्कृतिक सम्बन्धसँगै व्यापारिक कारोबारलाई पनि सहज र सर्वसुलभ बनाई दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने बताए।

प्रकाशित: Jun 02, 2023| 11:13 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्