मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ढुक्कले नेपालमा लगानी गर्न भारतीय उद्योगी-व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

ढुक्कले नेपालमा लगानी गर्न भारतीय उद्योगी-व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

 |  शुक्रबार, जेठ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

vianetvianet

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्। बिहीबार बेलुका नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको ‘बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन्।

Kumaribank

सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढिरहेको बताए। उनले सरकारले लगानीकर्ताको हितका लागि एकल बिन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गरे।

निजी क्षेत्रलाई बलियो र शक्तिशाली सहयोगीका रूपमा सरकारले साथमा लिएर जाने प्रतिबद्धता गरेको तथा सोहीअनुसारको वातावरणसमेत बनाएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भारतीय कम्पनीले नेपालमा गरेको लगानीले दिएको प्रतिफलबारे जानकारी गराए।

नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उनले नेपालमा लगानीबाट प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं जनस्तरको सम्बन्धले थप सहज बनाउने बताए।

भारतीय कम्पनीको लगानी रहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफल रूपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले पश्चिम सेती, सेती नदी (एसआर ६), तल्लो अरुणलगायत आयोजनाले दुवै देशको अधिकतम हित गर्ने धारणा व्यक्त गरे। उनले नेपाल र भारतबीचको सम्बन्ध कोही कसैसँग तुलनै हुन नसक्ने स्पष्ट पार्दै आर्थिक विकास र नेपालको समुन्नतिका लागि मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

Metro Mart

भारतका संघीयमन्त्री पीयूष गोयलले नेपाल र भारतबीचको सम्बन्ध अद्वितीय रहेको बताए। सीमा, भूराजनीतिले दुई देशबीचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गरे। एनले भारतका लगानीकर्तालाई नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरे।

भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले व्यापार र वाणिज्यका लागि दुई मुलुकबीच भएको सहमति आफैंमा महत्त्वपूर्ण रहेको बताए। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रोजस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट पारे।

उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीको सफल उदाहरण पेस गर्दै नेपाल र भारतका उद्योगी व्यवसायीको साझा सहकार्यका लागि आग्रह गरे।

भारतीय उद्योग परिसंघका सभापति आर दिनेशले नेपाल र भारतका उद्योगी व्यवसायीबीच साझा दृष्टिकोण निर्माण गरेर अगाडि बढ्न छलफल महत्त्वपूर्ण भएको बताए।

प्रकाशित: Jun 02, 2023| 07:50 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्