शनिबार, असार २७, २०८३

काठमाडौंका मेयर बालेन शाह भारत प्रस्थान

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत प्रस्थान गरेका छन्। उपमेयर सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर मेयर बालेन बिहीबार भारत प्रस्थान गरेका हुन्। भारत जानुका कारणबारे भने उनले खुलाएका छैनन्।
कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर बालेनले डंगोललाई अख्तियारी दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत यात्राका लागि प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बुधबार भारत प्रस्थान गरेका थिए। उनी पत्‍नी निकिता पौडेलसहित मुम्बई गएको रास्वापाका नेताहरुले जानकारी गराएका थिए। 
 

प्रकाशित: Jun 01, 2023| 20:20 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्