शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन - विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहनू

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन - विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहनू

 |  बिहीबार, जेठ १८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

sagarmatha cement
Metro Mart
worldlink

काठमाडौं-  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। 
बिहीबार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।  
गृहमन्त्री श्रेष्ठले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरू आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताए। सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापन लागि तयारी अवस्थामा रहन उनले आग्रह गरे। विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र संकल्पको आवश्यकता रहेको उनले बताए। संगठनले दिएको जिम्मेवारी पूरा गर्दै सशस्त्रले विपद्को बेलामा जनताको सेवा गर्ने उनले विश्वास व्यक्त गरे।  

प्रकाशित: Jun 01, 2023| 20:05 बिहीबार, जेठ १८, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसको सहारा सेतो छडी बनेको थियो

जसको सहारा सेतो छडी बनेको थियो

घरभित्र अथवा बाहिर हिँडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा  होलान् सहज अनुमान गर्न सकिन्छ।