आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेटलाइफ नेपालद्वारा सिकलसेल एनिमिया सचेतना र स्क्रिनिङ परियोजनाका लागि सहयोग

मेटलाइफ नेपालद्वारा सिकलसेल एनिमिया सचेतना र स्क्रिनिङ परियोजनाका लागि सहयोग

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरुमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहयोग गर्न सहमत भएका छन्। 

दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पुर्‍याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ। तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ, शरीर दुख्ने, विभिन्न संक्रमणहरु हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएको छ।

यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्न कठिनाइ महशुस गर्छन् र समुदायमा सामाजिक र आर्थिक विपत्तिको शिकार हुन्छन्।

यस सम्झौता अन्तर्गत, मेटलाइफ नेपालले प्रभावित क्षेत्रका नेता, स्वयंसेवक र सम्बन्धित सरोकारवालाहरूसँग विशेष गरी सचेतना कार्यक्रम सञ्चालन गर्न केन्द्रलाई सहयोग गर्नेछ। यी कार्यक्रमहरूले रोग, यसको प्रभाव र लक्षणहरूबारे जनचेतना जगाउने उद्देश्य राखेका छन्। सम्भावित वाहकहरू पहिचान गर्न र सही उपचार सुरु गर्न मद्दतको लागि समुदायका मानिसहरूलाई रगत परीक्षण गर्न पनि प्रोत्साहन गरिनेछ।

मेटलाइफ नेपालले प्रभावित क्षेत्रका मानिसहरूलाई सकारात्मक रूपमा बाँच्न मद्दत गर्न, थप जोखिमहरू न्यूनीकरण गर्न र रोगसँग सम्बन्धित सामाजिक अन्धविश्वास र भेदभाव उन्मूलन गर्न केन्द्रलाई रोगको स्क्रिनिङ, उपचार र प्रभावकारी परामर्शमा पनि सहयोग गर्नेछ।
 

प्रकाशित: Jun 01, 2023| 18:37 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्