शनिबार, असोज १३, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • डिशहोम बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी 

डिशहोम बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी 

 |  बिहीबार, जेठ १८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- नेपालमा डीटीएच  सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ। 

sagarmatha cement

अमेरिकाको क्वालिटि स्टयान्डर्ड रजिस्टेकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी डिश मिडिया नेटवर्कलाई आईएसओ ९००१ः२०१५ प्रदान गरेको हो।  

स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुना काप्चामा गुणस्तरीय सेवा प्रदान गरिरहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा संचालन गरिरहेको छ। यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको डिशहोमले जनाएको छ। 

नेपालको पेटीभी इन्डस्ट्रीमा आमुल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले ग्राहकलाई उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मुल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशैभरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र संचालन गरिरहेको जानकारी दिएको छ। 
 

प्रकाशित: Jun 01, 2023| 18:35 बिहीबार, जेठ १८, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

समितिको कार्यक्षेत्रभित्र अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय पर्छन्।
नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने उल्लेख छ।
नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको हो।
राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो।
१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको हो।