बिहीबार, साउन ७, २०८३

‘मेस्सी बिनाको बार्साले रियललाई पराजित गर्न सक्छ’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मड्रिड (एजेन्सी)- आईतबार बेलुका एल क्लासिकोमा हुने रियल मड्रिड र बार्सिलोनाबीचको खेलमा बार्सिलोनाले जित्न सक्ने एटलेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजम्यानले बताएका छन् । 

कप्तान लियोनल मेस्सी चोटका कारण मैदान बाहिर रहे पनि ग्रिजम्यानले उक्त खेलको विजेता बार्सिलोनालाई चुनेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ग्रिजम्यानलाई मेस्सीको बारेमा सोधिएको थियो ।

तर उनले बार्सिलोनासँग रियलको सामना गर्न प्रयाप्त शक्ती भएको बताएका थिए । ‘यो खेल सबै क्लासिको खेल मध्यको रोमाञ्चक र महान खेल हो । यो एक दुखद बिषय हो की यस खेलका लागि मेस्सी उपस्थित हुने छैनन् । तर, पनि बार्सासँग उक्त खेल जित्नका लागि प्रयाप्त खेलाडी छन् ।’ 

ग्रिजम्यानले भने, ‘रियललाई अगाडि बड्न जितको आवस्यक छ । त्यसैले यो खेल दर्शकका लागि पनि रोमञ्चक हुने छ । यो खेल लिग तालिकाको महत्वपुर्ण खेल हुने छ ।’

बार्सिलोना स्पेनिस ला लिगामा ९ खेलमा १८ अंकका साथ पहिलो स्थानमा छ भने, एटलेटिको मड्रिड १६ अंकका साथ पाँचौ स्थानमा छ । त्यस्तै रियल १४ अंकका साथ लिगको सातौं स्थानमा छ । 

पछिल्लो हप्ता सेभिल्लाविरुद्वको खेलका कप्तान लियोनल मेस्सी चोट ग्रस्त भएका थिए । जस कारण उनी ,तीन हप्ता मैदान बाहिर रहने छन् । उनको उपस्थिती विना युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले ब्लाग्रेनेससँग राम्रो प्रभाव छोड् सकेको थिएन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।