काठमाडौं-छक्का पन्जा ३ ले अहिलेसम्म कै उत्कृष्ट कमाइ गरेको छ । ‘छक्का पन्जा ३’ ले छक्का पन्जाले हलमा लागेको समय १२८ दिनमा कमाएको कुल आम्दानी १७ दिनमै कमाएको छ । छक्का पन्जा-३ को कमाई अहिलेसम्मकै उत्कृष्ट भएको र यसले नेपाली फिल्म उद्योगमा तहल्का मच्चाएको चलचित्रका निर्देशक दिपाश्री निरौला र कलाकार दीपकराज गिरीले बताएका छन् । उनीहरुले आफ्नो चलचित्र अहिलेसम्मकै उत्कृष्ट भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पनि राखेका छन् ।
फिल्म निर्देशक दिपाश्री निरौलाले फेसबुकबाट यसरी दिइन कलाकार र दर्शकलार्इ धन्यवाद
अभिनेता दीपकराज गिरीले पनि चलचित्रलार्इ मनपराउने दर्शक र काम गर्ने सबै टीमलार्इ बधार्इ तथा शुभकामना दिएका छन् ।
कमाई खुलासा नभएको भए पनि उनीहरूले कलाकार तथा प्राविधिक टिम सबैलाई बधाई र दर्शकलाई धन्यवाद दिएका छन् । ‘छक्का पन्जा’नेपाली फिल्म उद्योगमा ब्रान्ड जसरी नै स्थापना भएको छ । कारण, छक्का पन्जाका ३ नै सिक्वेलहरूले व्यापक मात्र होइन नेपाली फिल्म उद्योगको इतिहासमै सर्वाधिक कमाउने फिल्म भएको छ ।
काठमाडौंका लागि डिर्टिब्युटर मनोज राठीका अनुसार काठमाडौंभित्र मात्रै साढे १८ करोडको ग्रस कलेक्सन भएको छ । मोफसलमा भने साढे ८ करोडको हाराहारीमा व्यापार गरेको छ ।
करिब २७ करोडको व्यापार गरिसकेको छक्का पन्जा ३ ले यस हप्ता पनि हलमा दर्शक तान्ने निश्चित छ । फिल्म तिहारसम्मै, चल्ने आंकलन पनि धेरैको छ ।
यस, अघि ‘छक्का पन्जा’ ले १७ करोड, ‘छक्का पन्जा २’ ले १४ करोड कमाएका थिए । गहन विषयवस्तु र कमेडी जानर्रामा बनेको यस फिल्मलाई दर्शकले निकै रूचाएका छन् । फिल्म अझै पनि हाउसफुलमै चलिरहेको छ ।
नेपाली दर्शकले नेपाली फिल्म नै हेर्दैनन् वा नेपाली फिल्मको मार्केट नभएको गुनासा देखाउने अन्य निमाताका लागि ‘छक्का पन्जा ३’ दरिलो उदाहरण भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४