आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज सुख्खा बन्दरगाह प्रचण्ड र मोदीद्वारा उद्घाटन

नेपालगञ्ज सुख्खा बन्दरगाह प्रचण्ड र मोदीद्वारा उद्घाटन

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ। बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

दुई देशका प्रधानमन्त्रीले नयाँ दिल्लीमा स्वीच थिचेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्दररगाह प्रवेश गरेका थिए। नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यलय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका छन्।

करिब १५ वर्ष अघि देखि भारत सरकारको सहयोगमा निर्माणाधिन सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको हो।

प्रकाशित: Jun 01, 2023| 13:17 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्