सोमबार, असोज ८, २०८०

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारी मञ्चन भइरहेका हुन्।
 |  बिहीबार, जेठ १८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं– नाटकप्रेमी दर्शकका लागि काठमाडौंमा दुई नाटक मञ्चन भइरहेका छन्। त्रिपुरेश्वरस्थित कौसी थिएटरमा १२ जेठदेखि नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा १६ जेठदेखि नाटक ‘बुद्ध र भिखारी’ मञ्चन भइरहेका हुन्।

sagarmatha cement

काठमाडौंका एउटा ‘फ्ल्याट’ लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक ‘त्रयम्’ २८ जेठसम्म मञ्चन हुनेछ। एक–अर्कासँग पटक्कै नमिल्ने स्वाभावका तीन युवती नजिक हुन नसके पनि सँगै बस्न बाध्य छन्। आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा घट्ने घटनाक्रमले एक–अर्काप्रतिको बुझाइमा ल्याउने परिवर्तन नै नाटकको सार हो।

नाटकले तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक ढंगले प्रस्तुत गरेको छ। दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन्।

‘लामो समयदेखि बोकिरहेको विषयले बल्ल मञ्चनको स्वरूप पाउँदै छ। नाटकमा उठिरहेका विषय मेरो नजिकैका धेरै महिलाले भोगेका विषय हुन्। कतिले मलाई सुनाएका छन्, कतिले नभनी पनि मैले बुझेको छु। यो नाटकले तपाईंहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ’, निर्देशक रानाभाटले भने।

यस्तै, चुलाचुली थिएटरको प्रस्तुति रहेको ‘बुद्ध र भिखारी’लाई चेतन आङथुपोले नाट्य रुपान्तरण तथा अनुवादन र परिकल्पनासँगै निर्देशन अनिल सुब्बाले गरेका हुन्। 

‘आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको संघर्ष र रमाइलो पललाई नाटकमा प्रस्तुत गरेका छौं,’ निर्देशक सुब्बाले भने।  नेपाली पौराणिक लोककथालाई नाट्य रुपान्तरण गरी ‘स्याडो प्ले’मार्फत मञ्चन गरिने निर्देशक सुब्बाले जानकारी दिए। 

३२ जेठसम्म मञ्चन हुने नाटकमा कलाकार वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डव, नवीनचन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बू, सञ्जीव योगी, मनिष मगर, मोहन राईले अभिनय गरेका छन्।

प्रकाशित: Jun 01, 2023| 13:12 बिहीबार, जेठ १८, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ।
सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

संविधानसभाध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्बाङको अकस्मात निधन भएपछि कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको हो। 
पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

क्षणभरमा पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो। यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ।
बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

कोइरालाले यस कथामा आफैंभित्र फुटेको र चिरिएको व्यक्तित्वको रुपमा पवित्रालाई उभ्याएका छन्।