सिरहा, कल्याणपुर नगरपालिका-१० प्रचिलवास्थित सडकमा प्रदेश २-०१-००१ त १३२५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने बिश्वासी शर्माकी छोरी ८ वर्षीया रागनी कुमारी शर्माको बुधबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घम्भीर घाइते भएकी उनको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
कैलाली, गोदावरी नगरपालिका-२ तेधरीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने ५५ वर्षीया ईशारा देवी धामीको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्करमा संलग्न हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।
भोजपुर, हतुवागढी गाउँपालिका-१ जोगीखेतस्थित सडकमा को.१ त ९०४२ नम्बरको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका-६ होम्ताङ बस्ने २२ वर्षीय बलराम बिकको घटनास्थलमै मृत्यु भएको छ।
मोरङ, जहदा गाउँपालिका-३ ब्राहमाटोलमा को.३ प ३६ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार धनपालथान गाउँपालिका-२ बस्ने ४५ वर्षीया राजो देवी साहको बुधबार बिहान मृत्यु भएको छ। मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडास्थित सडकमा रोकी राखेको प्रदेश २- ०३-००१ क ००७२ नम्बरको टिपरमा प्रदेश २-०३-००६ प ६५५१ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ बस्ने ४१ वर्षीय सुरज चालिसेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो।
करेन्ट लागेर मृत्यु
सिरहा, सुखीपुर नगरपालिका-१० ललसहिया बस्ने ३५ वर्षीय कपिल साहको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँ बस्ने सोमन साहको घरमा जस्ता र टायलको छानो लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
बाँके, कोहलपुर नगरपालिका-८ बस्ने १७ वर्षीय समिर बिकको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका-२० थपुवास्थित बिमला रोकाको घरमा वायरिङको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
मृत फेला
काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित होटल श्री गुरुको कोठामा गत सोमबारदेखि बस्दै आएका ओखलढुङ्गा सुनकोशी गाउँपालिका-७ घर भएका ३५ वर्षीय बसन्त कार्की बुधबार मृत अवस्थमा फेला परेका छन्।
ईलाम, सूर्योदय नगरपालिका-७ अम्बे बस्ने ४५ वर्षीय युद्ध बहादुर राई सोही ठाउँस्थित मकैबारीमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
तनहुँ, भानु नगरपालिका-१३ बिर्त्ता बस्ने ६६ वर्षीय बद्रिनाथ आचार्य ब्यास नगरपालिका-९ धनवासेमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
झापा, मेचीनगर नगरपालिका-१५ लाल झोडास्थित भगवती प्लाई फ्याट्रीको प्लाई स्टोर कोठामा सोही फ्याक्ट्रीमा काम गर्ने मोरङ कानेपोखरी गाउँपालिका-१ भाउन्ने घर भएका ४६ वर्षीय नगेन्द्र दाहाल बुधबार मृत अवस्थामा फेला परेका छन्।
डुबेर मृत्यु
कैलाली, लम्कीचुहा नगरपालिका-३ बल्चौरस्थित रानी जमारा कुलरीया सिंचाई आयोजनाको नहरमा डुबेर सोही नगरपालिका-५ चौरी बस्ने ३५ वर्षीय जब्बर बडुवालको बुधबार दिउँसो मृत्यु भएको छ। नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि लालरत्न अस्पताल लम्कीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।