आइतबार, असार २८, २०८३

सुनको मूल्य हालसम्मकै उच्च

आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो।
 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले उचाइ छुने क्रम जारी छ। सुन मूल्यले बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हालसम्मकै उचाइमा पुगेको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार पनि १ लाख १२ हजार प्रतितोलामा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ।

बिहीबार तेजावी सुन १ लाख ११ हजार ४५० र चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। सरकारले बजेटमार्फत सुनमा कर लगाएपछि मूल्य बढ्न थालेको हो।

प्रकाशित: Jun 01, 2023| 12:33 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्