सोमबार, असोज ८, २०८०

साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्।
 |  बिहीबार, जेठ १८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं– आगामी महिना भारतमा हुने साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्। खेल ६ देखि १९ असारसम्म भारतको बैंगलुरुमा हुनेछ। 

sagarmatha cement

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्। साफमा नेपाल घरेलु टोली भारतसँगै कुवेत र पाकिस्तान रहेकै समूह ’ए’मा रहेको छ। 

समूह ’बी’मा लेबनान, मालदिभ्स, भुटान र बंगलादेश छन्। साफमा यस पटक दक्षिण एसिया बाहिरका लेबनान र कुवेतले पनि सहभागिता जनाउनेछन्। 

नेपाली टोली 
गोलकिपर– किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)
डिफेन्डर– विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (पर्सिक केडीरी), सिमान्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स)
मिडफिल्डर– पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नविन लामा –एपिएफ), मणीकुमार लामा (एपिएफ), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्री स्टार), आभाष लामिछाने (एपिएफ), विशाल तामाङ (जावलाखेल)
फरवार्ड – आशीष घलान (संकटा), नवयुथ श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशीष चौधरी (चर्च ब्वाइज), विमल घर्तीमगर (मछिन्द्र), जिलेस्पीजंग कार्की (आर्मी), दीनेश हेन्जन (आर्मी)।

प्रकाशित: Jun 01, 2023| 11:09 बिहीबार, जेठ १८, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्