आइतबार, मंसिर २८, २०८२

चितवनमा ३ हजार २६० बिघा जग्गा सिञ्चित

मकवानपुर र चितवनमा सञ्चालित भूमिगत संयोजनात्मक सिंचाइ आयोजनाबाट हराभरा हुँदै बाँझा खेत।
 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

चितवन– चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाबाट जिल्लाका ३ हजार २६० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा सिँचाइ व्यवस्था भएको हो।

National life

आर्थिक वर्ष २०७७/७८ मा स्थापना भएको यस आयोजनाले पाँच वर्षसम्म काम गर्नेछ। चितवन र मकवानपुर क्षेत्रमा गरी यस कार्यालयले हालसम्म ३ हजार ६१० बिघा क्षेत्रफलमा सिँचाइ व्यवस्था गरेको कार्यालयका संयोजक देवकुमार स्याङ्वोले जानकारी दिए।

चितवनका ६ पालिका र मकवानपुरका ३ पालिकामा अहिले कार्यक्रम लागू भइरहेको छ। क्रममा चितवनमा ३६० स्थानमा स्यालो ट्युबेल र ५२ वटा डिप ट्युवबेल स्थापना गरी सञ्चालनमा ल्याइएको उनले बताए।

मकवानपुरमा १० वटा डिप ट्युवबेल सञ्चालनमा ल्याइएको छ। आयोजना १० हजार ५ सय हेक्टर क्षेत्रफल सिँचाइ गर्ने योजनाका साथ स्थापना भएको हो। तीन वर्षमा गरेको प्रगति र बजेटको अवस्था हेरेर कार्यक्रम सञ्चालन गर्दै आएको स्याङ्वोले  बताए। 

अहिलेसम्म ६० करोड बराबरको काम भएको उनले जानकारी दिए। अहिले आयोजनाले बाह्रैमास सिँचाइ व्यवस्था हुने गरी सुक्खा क्षेत्रमा काम गर्दै आएको छ। स्याङ्वोले भने, ‘सिँचाइ अभावका कारण खेती गर्नबाट वञ्चित कृषकलाई लाभ हुने गरी काम गरिरहेका छौँ।’ आयोजनाले विशेषगरी भरतपुर महानगरपालिकाका क्षेत्रमा काम गरेको छ।

Laxmi sunrise bank
kumari

यस आर्थिक वर्षबाट आयोजनाले बर्दघाट–सुस्तापूर्व नवपलपरासीसमेत समेट्ने गरी काम गर्न लागेको छ। २०८१÷८२ सम्मका लागि यस आयोजनामा ४ अर्ब ६४ करोड बजेट स्वीकृत भएको थियो।

प्रकाशित: Jun 01, 2023| 10:49 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्