बिहीबार, साउन ७, २०८३

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

टुरीन (एजेन्सी)- इटालियन सिरी ‘ए’ अन्तर्गत गत राती भएको खेलमा पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नायक बने । रोनाल्डोले गरेको दुई गोलले युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा २-१ ले पराजित गरेको हो । 

पहिलो हाफमा युभेन्टस इम्पोलीका फ्रान्सेस्को कपुतोको गोल मार्फत पछि परेृको थियो । पहिलो हाफको २८ औं मिनेटमा १-० ले पछि परेको अवस्थालाई उल्टाउदै युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्दै खेल जितेको थियो । 

युभेन्टसका लागि दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरे । युभेन्टसले खेलमा पकड देखाएपनि पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसलाई बराबरी दिलाए । 

इस्माएल बेनेकरले पौलो डेबलालाई लडाएपछि पाएको पेबाल्टी मार्फत रोनाल्डोले ५४ औं मिनेटमा गोल गरेका थिए । खेलको ७० औं मिनेटमा २५ यार्डबाट रोनाल्डोले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई जित दिलाए । यो जितसँगै युभेन्टसले अंक तालिकाको शिर्षस्थानमा ७ अंकको अग्रता बनाउन सफल भएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।