सोमबार, वैशाख ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चिनियाँ राष्ट्रपतिद्वारा 'सबैभन्दा खराब परिस्थिति'का लागि तयार रहन राष्ट्रिय सुरक्षा अधिकारीलाई निर्देशन

चिनियाँ राष्ट्रपतिद्वारा 'सबैभन्दा खराब परिस्थिति'का लागि तयार रहन राष्ट्रिय सुरक्षा अधिकारीलाई निर्देशन

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

National life
kumari

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुकका राष्ट्रिय सुरक्षा अधिकारीहरुलाई सबैभन्दा खराब परिस्थितिको सामनाका लागि तयार रहन निर्देशन दिएका छन्। 
‘हामीले अहिले सामना गरिरहेको राष्ट्रिय सुरक्षा मामिलाको जटिलता र कठिनाइ निकै बढेको छ,’ मंगलबार कम्युनिस्ट पार्टीको राष्ट्रिय सुरक्षा आयोगको बैठकमा सीले भने।
‘हामीले सबैभन्दा आधारभूत कुरा र सबैभन्दा खराब परिस्थितिलाई सोचेर अघि बढ्नुपर्छ। हामी तेज हावा, कठोर लहर अनि खतरनाक तुफानी समुद्रको परीक्षण सामना गर्न तयार हुनुपर्छ,’ उनले थपे।
अमेरिकासँग टक्कर बढिरहेका बेला सीले आफ्ना सुरक्षा अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन्। चीनले राष्ट्रिय सुरक्षा प्रणाली र क्षमताको आधुनिकीकरणलाई तीव्रता दिनुपर्ने पनि उनको थियो। 
सत्तामा आएदेखि नै सीले राष्ट्रिय सुरक्षालाई ठूलो महत्व दिएको विज्ञहरु बताउँछन्। 

प्रकाशित: May 31, 2023| 21:10 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्