बिहीबार, कात्तिक २७, २०८२

दया र मिरुनाको 'नांगो गाउँ'लाई अमेरिकामा चार सय शो

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौं- भदौको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक पनि सार्वजनिक भएको छैन। तर, यो फिल्म सर्वाधिक धेरै चर्चामा छ।

National life

यो फिल्मको अमेरिका तथा क्यानडाको राइट्स उच्च मुल्यमा विक्री भएको छ। यो फिल्म अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी शहरमा प्रदर्शन हुने निर्माणपक्षले बताएको छ। यो फिल्मलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले रिलिज गर्दैछ। नेपाल इलेभेनका प्याट्रिक सुवेदीले दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा मात्र ४ सय भन्दा बढी शोको टुंगो लागिसकेको छ।

उनले शोको संख्या थपिने क्रम जारी रहेको बताए। फिल्म ‘जारी’पछि अमेरिकामा सबैभन्दा बढी माग भएको फिल्ममा ‘नाङ्गो गाउँ’ रहेको सुवेदीले जानकारी गराए। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ। हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ। यो फिल्मलाई लिएर विदेशमा रहेका नेपालीहरुले उत्साहजनक रुपमा चासो लिइरहेका छन्।

दया र मिरुनाको जोडी फिल्ममा हुनुको प्रभाव यो फिल्मलाई परेको देखिन्छ। साथमा निर्देशक लामाका अघिल्ला फिल्महरुका कारण पनि यो फिल्मको विदेशमा उच्च माग भएको हो। यो फिल्म भदौ २९ गते नेपालसहित विभिन्न मुलुकमा एकसाथ रिलिज हुँदैछ। 


 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 31, 2023| 18:19 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्