आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झपामा चोरी मुद्दामा फरार एक जना पक्राउ, कैद भुक्तानका लागि कारगार चलान

झपामा चोरी मुद्दामा फरार एक जना पक्राउ, कैद भुक्तानका लागि कारगार चलान

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

National life
kumari

काठमाडौं- विभिन्‍न धनमाल चोरी मुद्दामा दोषी ठहर भएका एक जना पक्राउ परेका छन्। झापा जिल्ला अदालतले गत चैत ८ गते दोषी ठहर गरेका झापाको कन्काई नगरपालिका वडा नं. ५ का २४ वर्षीय सुजन मण्डल फरार रहेका थिए। 
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले जेठ १६ गते पक्राउ गरेको थियो। उनलाई बुधबार फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिए। 
उनका अनुसार दोषी ठहर भएका सुजनलाई ६ महिना कैद र ५०,००० रुपैयाँ जरिवाना तोकिएको छ। 


 

प्रकाशित: May 31, 2023| 18:19 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्