मंगलबार, चैत १७, २०८२

पीपीएल टी-२० : विराटनगरलाई जितका लागि १८३ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गतको जारी खेलमा धनगढी ब्लुजले विराटनगर टाईटन्सलाई जितबा लागि १ सय ८३ रनको लक्ष्य सुम्पेको छ ।  

पोखरा रंगशाला जारी खेलमा सन्दीप लामिछानेको कप्तानीकमा रहेको टिम विराटनगरले टस जित्दा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रुहेको धनगढी ब्लुजले ब्याटिङको निम्तो पाएको थियो । 

धनगढीले निर्धारित २० ओभरका सबै विकेट गुमाउदै १८२ रन बनाउन सक्यो । धनगढीका लागि पेटर ट्रेगोले अर्धसतकिय पारी खेले । तेस्रो नम्बरमा मैदान प्रवेश गरेको पेटरले र सौरभ खनालले निकैनै घातर प्रहार गरेको थिए । 

पेटरले ३८ बल खेल्दै दुई चौका र चार छक्काको मद्दतमा ५३ रन जोडे भने खनालले १३ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ४१ रन जोडे । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले २९ रन जोडे उनले १९ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरेका थिए । 

धनगढीका लागि अन्य ब्याट्सम्यान सन्दिप जोराले १२ र रोबिन श्रेत्रीले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेन । विराटनगरका लागि जितेन्द्र मुखियाले ४, किसोर महतो, कप्तान सन्दिप, सुनिल धमला र मुहमद जाइद आलमले समान एक एक विकेट लिए । धनगढीले केही बेरमा जवाफी ब्याटिङ गर्दै छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।