शनिबार, असोज १३, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकद्वारा वीरेन्द्रनगरमा दुग्ध उत्पादन तालिम

सनराइज बैंकद्वारा वीरेन्द्रनगरमा दुग्ध उत्पादन तालिम

 |  बुधबार, जेठ १७, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौं- सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

sagarmatha cement

स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरूलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य साथ ज्येष्ठ ८ गतेदेखि वीरेन्द्रनगरमा ३५ जना महिलाहरूको सहभागितामा ५ दिने दुग्ध उत्पादन सम्बन्धी सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर २ का कार्यवाहक वडाध्यक्ष गज बहादुर बुढा, विशिष्ट अतिथि सनराइज बैंक कर्णाली प्रदेशका प्रमुख धर्म कुमार विष्ट, बैंकका प्रधान कार्यालयका कृषि कर्जा शाखा अधिकृत श्री सुवास पोखरेल तथा बैंकका वीरेन्द्रनगर शाखाका शाखा प्रमुख सुस्मा गिरीको उपस्थिति रहेको थियो।

५ दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गरेका थिए। बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरूलाई विभिन्न सिपमूलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुशासन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको थियो। सिपमूलक तालिमले महिला कृषकहरूमा दुग्ध पदार्थको उत्पादन वृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरूको व्यावसायिक क्षमतामा वृद्धि गर्ने बैंकले विश्वास लिएको छ।
 

प्रकाशित: May 31, 2023| 17:58 बुधबार, जेठ १७, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

समितिको कार्यक्षेत्रभित्र अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय पर्छन्।
नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने उल्लेख छ।
नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको हो।
राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो।
१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको हो।