सोमबार, असार २९, २०८३

आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौं- ‘आइएमई पे’र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमईपे मार्फत भुक्तानी गर्ने ग्राहकहरुले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएकाको कम्पनीले जनाएको छ। 

सम्झौतापत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन। उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोगगरी आइएमईपे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५ देखि२५ प्रतिशत सम्म छुट प्रदान गरिने छ। सो छुट १ वर्षका लागि लागु हुने कम्पनीले जनाएको छ। 
 

प्रकाशित: May 31, 2023| 17:52 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्