मंगलबार, चैत १७, २०८२

एएफसी यू-१९ : नेपालले पाकिस्तानको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत आज (आइतबार) नेपालले पाकिस्तानको सामना गर्दै छ । नेपालले प्रतियोगिताबाट बाहिरि सकेको पाकिस्तानलाई पराजित गर्दै अन्तिम चरणमा छनोट हुने सम्भावना बलियो बनाएर मैदानमा उत्रिने छ । खेल नेपाली समयानुसार दिउँसो २:४५ बजे चोनबुरी रंगशालामा हुनेछ ।

पाकिस्तानले यसअघिका समूहका आफ्ना दुवै खेलमा भारी अन्तरले पराजित भएको थियो । नेपाललाई छनोट हुन पाकिस्तानविरुद्ध जित दर्ता गर्नु पर्नेछ । 
नेपाल पहिलो खेलमा थाईल्यान्डसँग ३-० ले पराजित भएको नेपालले दोस्रो खेलमा भारतविरुद्व २-० को सानदार जित निकलेको थियो । 

भारतविरुद्धको खेलमा दुवै गोल गरेकी फरवार्ड रेखा पौडेल भने यस खेलका अनुपस्थीत रहने छिन् । उनले लगातार दुई खेलमा पहेंलो कार्ड पाएका कारण यो. खेल गुमाउन पुगेकी हुन् । 

यसअघि भारत र थाईल्यान्डको खेलमा घरेलु टोलीले भारतलाई पराजित गरे नेपाल अन्तिम चरणमा छनोट हुनेछ । भारत र नेपालको अंक बराबर भएको अवस्थामा पनि हेड टु हेडको आधारमा नेपाल अगाडी नै छ । 

थाईल्यान्ड अन्तिम चरणको पनि आयोजक भएको हुनाले यस समूहको दोस्रो टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान रहेको छ । गत महिना भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गरेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।