आइतबार, साउन ३१, २०८३

रेशम रिहाइविरुद्धको रिट हेर्न भ्याइएन

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौं- रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा परेर स्थगित भएको छ। कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा गर्ने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

मंगलबार दर्ता भएको रिट आज न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको थियो। घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले उक्त रिट दर्ता गराएकी हुन्।

गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन्।

प्रकाशित: May 31, 2023| 17:17 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्