शुक्रबार, जेठ १, २०८३

बजेटपछि सेयर बजारमा लगातार पहिरो

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

आज बुधबार पनि सेयर बजार उच्च अंकले घटेको छ। कारोबार बन्द हुँदा नेप्से अघिल्लो दिनको तुलनामा ३८.८३ अंक घटेर १८४९ अंकमा कायम भएको छ। 

National life

हिजो मंगलबार नेप्से ५३ अंक घटेको थियो। बजेट घोषणापछिको दुई दिनमा नेप्से ९१ अंक घटिसकेको छ।

आज २ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ। मंगलबार २ अर्ब ३४ करोडको कारोबार भएको थियो। १६ वटा कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो।

बजारका सबै उपसमूह घटेका छन्। बैंकिङ १८, विकास बैंक ७०, फाइनान्स ३४, होटल तथा पर्यटन १२५, जलविद्युत ६१, जीवन बीमा २२८, उत्पादन १७२, माइक्रोफाइनान्स ६३, निर्जीवन बिमा २२२, अन्य २० र व्यापार उपसमूह ३५ अंक घटेको छ।

सेयर लगानीकर्ताहरुले आय विवरण बुझाउनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाएका छन्। आय विवरण बुझाउनुपर्ने र त्यसमा आयकर लाग्ने आशय बजेटमा राखिएपछि लगानीकर्ता त्रसित भएका छन्।

प्रकाशित: May 31, 2023| 15:14 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्