मंगलबार, चैत १७, २०८२

एभिएम टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्डको सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- आदर्श विद्या मन्दिर (एभिएम)मा रहेको टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्वप्रशिक्षक पाभेल रेहोरेकले शनिबार खेल सामग्री प्रदान गरेका छन् । पाभेलले ३ हजार डलर बराबरको खेल सामग्री प्रदान गरेका हुन् । 

उनले ललितपुरको मानभवनमा रहेको एभिएम क्लबलाई एक साता प्रशिक्षण समेत दिएको राष्ट्रिय टेबलटेनिस खेलाडी तथा एभिएम टेबलटेनिस क्लबका प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी दिए । 

खेल सामाग्रीमा ६ वटा बोर्ड, रोबोर्ट, बल र जर्शीलगायतका सामाग्री प्रदान गरेको राष्ट्रिय खेलाडी पुरुषोत्तमले जानकारी दिए । सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सुदिल साही, स्वीस प्रशिक्षक पाभेल र एभिएमकी प्रिन्सिपल सुजिता मानन्धरले नवनिर्मित टेबलटेनिस हलको उद्घाटन गरे । 

कार्यक्रममा गत ८ देखि २७ अक्टोबरसम्म भएको टेबलटेनिस प्रशिक्षण क्याम्पमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदानसमेत गरिएको थियो । कुल ६० खेलाडीको सहभागीता रहेको क्याम्पमा स्वीस प्रशिक्षक पाभेलले प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा राष्ट्रिय महिला बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।