बुधबार, भदौ ११, २०८२

सुनको मूल्य हालसम्मकै उच्च

 |  बुधबार, जेठ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ। बजेट घोषणाको दुई दिनमै सुनको भाउ प्रतितोला ३ हजार ९ सय रुपैयाँ बढेको छ।

बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याएकाले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आजका लागि सुनको मूल्य प्रतितोला १ लाख १२ हजार तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च हो। आजमात्रै सुन १५ सयले बढेको छ। हिजो २४ सय  बढेको थियो। बजेट घोषणा हुने दिन सोमबार प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। 
 

प्रकाशित: May 31, 2023| 13:02 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्