बुधबार, भदौ ११, २०८२

यस्तो छ भारतले सार्वजनिक गरेको प्रचण्डको भ्रमण तालिका

 |  बुधबार, जेठ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

vianetvianet

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ। भारतीय विदेश मन्त्रालयले बुधबारदेखि हुने प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे तालिका सार्वजनिक गरेको हो।

Kumaribank

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो २:५० मा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण गर्नेछन्। सो दिन उनी बारखम्बास्थित नेपाली दूतावासको कार्यक्रममा सरिक हुनेछन्।

बिहीबार बिहान १०:३० बजेदेखि प्रधानमन्त्रीको भेटवार्ता सुरु हुने छ। सो समयमा उनी राजघाटमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। त्यसलगत्तै उनको भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ।

बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ। त्यसलगत्तै १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका रहेको छ। त्यसपछि ४ बजे प्रधानमन्त्री प्रचण्ड भारतीय उपराष्ट्रपतिलाई भेट्नेछन्।

त्यसको भोलिपल्ट शुक्रबार उनी ४:३५ मा राष्ट्रपति भवन पुग्नेछन्। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनी ८:३० बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नेछन्। शनिबार त्यहाँको काममा सरिक हुनेछन्। त्यसपछि उनी दिल्ली हुँदै ४:२० मा स्वदेश फर्किने कार्यक्रम छ।

Metro Mart

प्रकाशित: May 31, 2023| 07:42 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।