आइतबार, वैशाख १३, २०८३

पूर्वमन्त्री मीना पाण्डेको निधन

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

पूर्वमन्त्री तथा महिला आन्दोलनकी अगुवा नेतृ मीना पाण्डेको निधन भएको छ। लामो समयदेखि क्यासरबाट पीडित पाण्डेको आज बिहान काठमाडौंमा निधन भएको हो।

National life

०४८ सालमा पहिलोपटक सांसद बनेकी पाण्डे ०५१ मा पुनः निर्वाचित भएपछि महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएकी थिइन्। ०६४ को पहिलो संविधानसभामा सदस्य रहेकी पाण्डे ०७४ मा समानुपातिकतर्फबाट कांग्रेसकी सांसद थिइन्।

सर्लाहीकी पाण्डे नेपालमा महिला अधिकारका लागि आवाज उठाउनेमध्येकी एक हुन्। नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको सभापति भएर काम गरेकी उनी पटकपटक कांग्रेस केन्द्रीय सदस्य बनेकी थिइन्। उनी पद्मकन्या क्याम्पसको पहिलो स्ववियु सभापति पनि हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले पाण्डेको निधनमा शोक प्रकट गरेका छन्। कांग्रेसले स्वर्गीय पाण्डेप्रति सम्मान प्रकट गर्दै जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने भएको छ। यसैगरी जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने भएको छ।

पाण्डेको आजै बेलुका पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ। कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पाण्डेको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउने भएकी छन्।
 

kumari

प्रकाशित: May 30, 2023| 17:27 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्