बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पुँजी बजारलाई गतिशिल बनाउन कानुनी व्यवस्थामा संशोधन गरिने

पुँजी बजारलाई गतिशिल बनाउन कानुनी व्यवस्थामा संशोधन गरिने

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

triton college
corrent noodles
Metro Mart

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिने जनाएको छ । 

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरी धितोपत्र औजारहरूको विस्तार र विविधिकरण गरिने बताए ।

अर्थमन्त्री महतले पूँजी वजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाई लगानीकर्ताको हीत सुनिश्चित गर्दै पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिने र गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्ने व्यवस्था मिलाइने बताए ।
 

प्रकाशित: May 29, 2023| 19:00 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्